कोभिड-१९

बाँकेमा फेरि तीन जनामा देखियो कोभिड संक्रमण

इकागज |
असार १७, २०७९ शुक्रबार १४:५४ बजे

नेपालगञ्‍ज- बाँकेमा तीन जनामा कोभिड-१९ काे सङ्क्रमण पुष्टि भएको छ । भेरी अस्पताल, नेपालगञ्‍नमा शंकास्पद तीन नमूनाको पिसिआर परीक्षण गर्दा आज उनीहरुमा संक्रमण देखिएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिए । 

उनले दुई पुरुष र एक महिलामा संक्रमण पुष्टि भएको उल्लेख गर्दै उनीहरू होम आइसोलेसनमा बसेको बताए । 


कोभिड पुष्टि भएका दुई नेपालगञ्‍ज-१८ र एक जना नेपालगञ्‍ज-१० का हुन् । केही दिन यता नेपालगञ्‍जको जमुनाहा नाकामा बाहिरी जिल्लाका नागरिकहरूमा पनि संक्रमण देखिन थालेको छ ।

फोकल पर्सन वलीले स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्न आग्रह गर्दै कोभिड खोप लगाउन र दोस्रो मात्रा लगाएको तीन महिना पुगेकाहरूलाई बुस्टर खोप लगाउन समेत आग्रह गरेका छन् । सो नाकामा स्वास्थ्य कार्यालयको हेल्प डेस्क खडा गरेर समेत नियमित कोभिडको परीक्षण हुँदै आएको छ । 


Author

थप समाचार
x