कोभिड-१९

नेपालमा थप ४४ जनामा कोभिड–१९ पुष्टि

इकागज |
असार १८, २०७९ शनिबार १७:४५ बजे

काठमाडौं– नेपालमा थप ४४ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १ हजार २ सय १ पिसिआर परीक्षणका क्रममा ३३ जना र १ हजार २ सय ६६ एन्टीजेन परीक्षणका क्रममा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

कोरोनाका कारण शनिबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप १६ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार ४ सय ९६ जना निको भएका छन् । हाल नेपालमा ३ सय १४ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ । 
 



Author

थप समाचार
x