कोभिड-१९

थप ९० जनामा कोभिड-१९ संक्रमण

इकागज |
असार २१, २०७९ मंगलबार १७:० बजे

नेपालमा थप ९० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १ हजार ९ सय ४४ पिसिआर परीक्षणका क्रममा ७३ जना र १ हजार १ सय ६८ एन्टिजेन परीक्षणका क्रममा १७ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको हो । कोभिड-१९ का कारण मंगलबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


त्यस्तै थप २० संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार ५ सय ५५ जना निको भएका छन् । हाल नेपालमा ४ सय १ सक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।


Author

थप समाचार
x