कोभिड-१९

थप ५ सय ५३ जनामा कोभिड संक्रमण

इकागज |
साउन २२, २०७९ आइतबार १६:१३ बजे

काठमाडौँ- नेपालमा थप ५ सय ५३ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको २ हजार ४० पिसिआर परीक्षणका क्रममा ४ सय ५१ जना र १ हजार ७ सय ४९ एन्टिजेन परीक्षणका क्रममा १ सय २ जनामा कोभिड संक्रमण पुष्टि भएको हो । कोभिडका कारण आइतबार कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


त्यस्तै थप ४ सय ३३ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ७२ हजार ४ सय ९७ जना निको भएका छन् । हाल नेपालमा ५ हजार ६ सय ५९ सक्रिय संक्रमित आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।


Author

थप समाचार
x