कोभिड-१९

कोभिडले चीनको रिसोर्ट सहरमा ८० हजार पर्यटक फसे

इकागज |
साउन २३, २०७९ सोमवार ६:५२ बजे

बेइजिङ- अधिकारीहरूले कडा यात्रा प्रतिबन्ध लगाएपछि चीनमा ठूलो संख्यामा पर्यटकहरू फसेका छन् । ‘चीनको हवाई’ भनेर चिनिने रिसोर्ट सहरमा ८० हजारभन्दा बढी पर्यटकहरू फसेका हुन् । पर्यटन हटस्पट सान्या हेनानको दक्षिणी टापुमा रहेको १० लाख भन्दा बढी मानिसको सहर हो, जहाँ आइतबार ४८३ कोभिड केस रिपोर्ट गरिएको थियो । 

कोभिडका कारण सहर बाहिरका सबै उडानहरू सप्ताहन्तमा रद्द गरिनुका साथै रेल टिकट बिक्री पनि रोकिएका छन् । बाहिर जान चाहने पर्यटकहरूले पटक पटक पीसीआर परीक्षण गरेका स्वास्थ्य अधिकारीहरूले बताएका छन् । एजेन्सी
 



Author

थप समाचार
x