कोभिड-१९

एकैदिन थपिए ९ सय ३४ जना कोभिड संक्रमित, एककाे मृत्यु

इकागज |
साउन २३, २०७९ सोमबार १५:३० बजे

काठमाडौँ- नेपालमा थप ९ सय ३४ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको २ हजार ८ सय ६२ पिसिआर परीक्षणका क्रममा ४ सय ९८ जना र २ हजार ४ सय ८९ एन्टिजेन परीक्षणका क्रममा ४ सय ३६ जनामा कोभिड संक्रमण पुष्टि भएको हो । कोभिडका कारण थप १ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


हालसम्म नेपालमा कोभिडबाट ११ हजार ९ सय ७२ जनाको मृत्यु भइसकेको छ । त्यस्तै थप ४ सय ७० संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ७२ हजार ९ सय ६७ जना निको भएका छन् ।

हाल नेपालमा ५ हजार ६ सय ८६ सक्रिय संक्रमित आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ । 


Author

थप समाचार
x