कोभिड-१९

एकै दिन १ हजार ९० जनामा कोभिड संक्रमण, दुईकाे मृत्यु

इकागज |
साउन २४, २०७९ मगलवार १६:५५ बजे

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप एक हजार ९० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । 

मन्त्रालयले मंगलबार अपरान्ह दिएको जानकारीअनुसार ६ हजार ३०० नमुना परीक्षण गर्दा एक हजार ९० जनामा कोभिड संक्रमण पुष्टि भएको हो । 
दुई हजार ९५८ नमुनाको पीसीआर परीक्षण गर्दा ५६० जनामा र तीन हजार ३४२ नमुनाको एन्टिजेन परीक्षण गर्दा ५३० जनामा कोभिड संक्रमण पुष्टि भएको हो । 


योसँगै सक्रिय संक्रमितको संख्या पाँच हजार ८०६ पुगेको छ । पछिल्लो २४ घण्टामा ४३८ जना कोभिड संक्रमणमुक्त हुँदा दुई जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । 

यसअघि सोमबार पाँच हजार ३५१ नमुना परीक्षण गर्दा ९३४ जनामा कोभिड संक्रमण पुष्टि भएको थियो भने ४७० जना संक्रमणमुक्त भएका थिए । साथै एक जना संक्रमितको मृत्यु भएको थियो ।


Author

थप समाचार
x