कोभिड-१९

कोभिड संक्रमणका कारण एकैदिन पाँचको मृत्यु, थपिए ८१५ संक्रमित

इकागज |
साउन २६, २०७९ बिहीबार १६:२९ बजे

फाइल तस्बिर

काठमाडौँ- कोभिड-१९ संक्रमणका कारण देशभर पाँच जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ९८२ जनाको मृत्यु भइसकेको छ ।

बिहीबार देशभर ८१५ जना संक्रमित थपिएका छन् । ४ हजार ५३४ जनाको कोभिड परीक्षण गरिएको थियो ।


त्यस्तै ४७६ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ९ लाख ७४ हजार २९५ जना संक्रमणमुक्त भइसकेका छन् ।

देशभर सक्रिय संक्रमित ५ हजार ८६९ जना छन् । आज मात्र ३१ हजार ७६१ जनाले कोभिडविरुद्धको खोप लगाएका छन् ।


Author

थप समाचार
x