थपिए ४५५ जना नयाँ संक्रमित, दुईकाे मृत्यु
काठमाडौँ- नेपालमा थप ४ सय ५५ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको २ हजार ३ सय ८ पिसिआर परीक्षणका क्रममा ३ सय ५ जना र २ हजार ५ सय २१ एन्टिजेन परीक्षणका क्रममा १ सय ५० जनामा कोभिड संक्रमण पुष्टि भएको हो । कोभिडका कारण थप २ जनाको मृत्यु भएको छ ।
हालसम्म नेपालमा कोभिडका कारण ११ हजार ९ सय ८८ जनाको मृत्यु भइसकेको छ । त्यस्तै थप ३ सय २ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ७५ हजार ६ सय ९ जना निको भएका छन् ।
हाल नेपालमा ५ हजार ४ सय ३५ सक्रिय संक्रमित आइसोलेशनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया