कोभिड-१९

थप ८ सय ८८ जनामा कोभिड संक्रमण, एकको मृत्यु

इकागज |
साउन ३०, २०७९ सोमबार १६:१९ बजे

काठमाडौँ- नेपालमा थप ८ सय ८८ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ३ हजार १ सय ५५ पिसिआर परीक्षणका क्रममा ४ सय २७ जना र २ हजार ५ सय ८२ एन्टिजेन परीक्षणका क्रममा ४ सय ६१ जनामा कोभिड संक्रमण पुष्टि भएको हो ।


कोभिडका कारण थप १ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा कोभिडका कारण ११ हजार ९ सय ७९ जनाले ज्यान गुमाइसकेका छन् ।

त्यस्तै थप ४ सय ४६ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ७६ हजार ८३ जना निको भइसकेका छन् । हाल नेपालमा ५ हजार ३ सय ८७ सक्रिय संक्रमित आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ । 


Author

थप समाचार
x