कोभिड-१९

देशभर थपिए ८४८ जना संक्रमित, एकको मृत्यु

इकागज |
साउन ३१, २०७९ मंगलबार १७:४२ बजे

काठमाडौँ- पछिल्लो २४ घण्टामा देशभर ८४८ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालका अनुसार ५ हजार ६१९ जनाको नमुना परीक्षण गर्दा ८४८ जनामा कोभिड संक्रमण देखा परेको हो । मंगलबार कोभिड संक्रमणका कारण एक जनाको मृत्यु भएको छ । हालसम्म देशभर कोभिड संक्रमणका कारण ११ हजार ९९० जनाको मृत्यु भइसकेको छ ।


त्यसैगरी ५२३ जना संक्रमण मुक्त भएका छन् । हालसम्म ९ लाख ७६ हजार ६०३ जना संक्रमण मुक्त भइसकेका छन् ।

हालसम्म सक्रिय संक्रमित ५ हजार २५९ जना रहेका छन् । आज मात्रै ९० हजार ४४७ जनाले कोभिडविरुद्धको खोप लगाएका छन् । 


Author

थप समाचार
x