कोभिड-१९

थप ५ सय ४२ जनामा कोभिड संक्रमण

इकागज |
भदौ २, २०७९ बिहीबार १६:१६ बजे

काठमाडौँ- नेपालमा थप ५ सय ४२ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको २ हजार ८२ पिसिआर परीक्षणका क्रममा २ सय २४ जना र २ हजार ८ सय ४८ एन्टिजेन परीक्षणका क्रममा ३ सय १८ जनामा कोभिड पुष्टि भएको हाे । कोभिडका कारण बिहीबार कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


त्यस्तै थप ४ सय २१ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ७७ हजार ३ सय ५८ जनाको मृत्यु भएको छ । हाल नेपालमा ५ हजार २ सय ६५ सक्रिय संक्रमित आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।  


Author

थप समाचार
x