घट्दाे क्रममा कोभिड संक्रमित
काठमाडौँ- नेपालमा थप ५९ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको १ हजार ७ सय ५३ पिसिआर परीक्षणका क्रममा २५ जना र १ हजार १ सय २९ एन्टिजेन परीक्षणका क्रममा ३४ जनामा कोभिड संक्रमण पुष्टि भएको हो । कोभिडका कारण आइतबार कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै थप १ सय ६१ संक्रमित कोभिडमुक्त भएका छन् । हाल नेपालमा १ हजार ८ सय ३० सक्रिय संक्रमित आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया