कोभिड-१९

थप ६६ जनामा कोभिड संक्रमण

इकागज |
असोज ६, २०७९ बिहीबार १८:५ बजे

काठमाडौँ- नेपालमा थप ६६ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १ हजार १ सय ९० पिसिआर परीक्षणका क्रममा ५९ जना र २ हजार ७२ एन्टिजेन परीक्षणका क्रममा ७ जनामा कोभिड संक्रमण पुष्टि भएको हो । कोभिडका कारण बिहीबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


त्यस्तै थप १ सय ३७ संक्रमित कोभिडमुक्त भएका छन् । हाल नेपालमा १ हजार ४ सय ५ सक्रिय संक्रमित आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ । 


Author

थप समाचार
x