कोभिड-१९

थप ५३ जनामा कोभिड–१९ पुष्टि

इकागज |
असोज १०, २०७९ सोमवार १६:८ बजे

काठमाडौं– नेपालमा थप ५३ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ८ सय २५ पिसीआर परीक्षणका क्रममा ३९ जना र १ हजार ७ सय ९९ एन्टीजेन परीक्षणका क्रममा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 
त्यस्तै थप ८४ संक्रमित निको भएका छन् । हाल नेपालमा १ हजार १ सय ७८ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ । 



Author

थप समाचार
x