कोभिड-१९

नेपालमा थप ६३ जनामा कोभिड–१९ संक्रमण पुष्टि

इकागज |
असोज १४, २०७९ शुक्रबार १५:४५ बजे

काठमाडौं– नेपालमा थप ६३ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ९ सय ४१ पिसिआर परीक्षणका क्रममा ३० जना र १ हजार ५ सय ९४ एन्टीजेन परिक्षणका क्रममा ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

कोरोनाका कारण शुक्रबार कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप १ सय ३ जना निको भएका छन् । हाल नेपालमा १ हजार ४ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ । 



Author

थप समाचार
x