कोभिड-१९

थप १९ जनामा कोभिड संक्रमण

इकागज |
असोज १५, २०७९ शनिबार १७:१ बजे

काठमाडौँ- नेपालमा थप १९ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ५ सय ९१ पिसिआर परीक्षणका क्रममा १७ जना र ७ सय ४१ एन्टिजेन परीक्षणका क्रममा २ जनामा कोभिड संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोभिडका कारण शनिबार पनि कसैको मृत्यु भएको छैन ।


त्यस्तै थप ९६ संक्रमित कोभिडमुक्त भएका छन् । हाल नेपालमा ९ सय २५ सक्रिय संक्रमित आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ । 


Author

थप समाचार
x