थप ४१ जनामा कोभिड संक्रमण
काठमाडौँ- नेपालमा थप ४१ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको ४ सय ४५ पिसिआर परीक्षणका क्रममा ३९ जना र ८ सय ५ एन्टिजेन परीक्षणका क्रममा २ जनामा कोभिड संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप ५९ संक्रमित कोभिडमुक्त भएका छन् ।
आइतबार पनि कोभिडका कारण कसैको पनि मृत्यु भएको छैन । हाल नेपालमा ६ सय ९६ सक्रिय संक्रमित आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया