थप १६ जनामा कोभिड संक्रमण
काठमाडौँ- नेपालमा थप १६ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
देशभर गरिएको ४ सय ४९ पिसिआर परीक्षणका क्रममा १० जना र ८ सय २७ एन्टीजेन परीक्षणका क्रममा ६ जनामा कोभिड संक्रमण पुष्टि भएको हो ।
कोभिडका कारण शनिबार कसैको पनि मृत्यु भएको छैन भने थप १७ संक्रमित काेभिडमुक्त भएका छन् ।
हाल नेपालमा ५ सय ६२ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया