कोभिड-१९

थप ६ जनामा कोभिड संक्रमण

इकागज |
मंसिर १८, २०७९ आइतबार १५:२८ बजे

काठमाडौँ- नेपालमा थप ६ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।​

देशभर गरिएको ४ सय ५४ पिसिआर परीक्षणका क्रममा ६ जनामा कोभिड संक्रमण पुष्टि भएको हो । कोभिडका कारण गत २४ घण्टामा पनि कसैको मृत्यु भएको छैन भने थप १९ संक्रमित निको भएका छन् ।


हाल नेपालमा १ सय ८ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।


Author

थप समाचार
x