कोभिड-१९

पछिल्लो २४ घण्टामा कोभिड संक्रमित एक जना मात्रै

इकागज |
मंसिर २०, २०७९ मगलवार १५:३६ बजे

फाइल फोटो

काठमाडौँ - स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा एक जना मात्रैमा कोरोना संक्रमण देखिएको जनाएको छ । पछिल्लो २४ घण्टाको कोरोना संक्रमण विवरण सार्वजनिक गर्दै मन्त्रालयले नौ सय २३ जनाको नमूना परीक्षण गर्दा एक जनामा संक्रमण देखिएको जनाएको हो । 

यस अवधिका १४ जना कोरोना संक्रमणमुक्त भएका छन् भने हाल नेपालमा ७९ जना संक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ । पछिल्लो एक दिनमा ८५ हजार आठ सय १२ जनाले कोभिडविरुद्धको खोप लगाएको पनि उल्लेख छ । 
 



Author

थप समाचार
x