कोभिड-१९

थप ९ जनामा कोभिड संक्रमण

इकागज |
मंसिर २१, २०७९ बुधवार १८:३९ बजे

‍काठमाडौँ- नेपालमा २४ घन्टामा थप ९ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ ।​

देशभर ८ सय ३ जनाको पीसीआर र ८ सय ८० जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ९ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


कोभिडका कारण बुधबार पनि कसैको मृत्यु भएको छैन भने थप १६ संक्रमित निको भएका छन् ।

हाल नेपालमा ७२ सक्रिय संक्रमित आइशोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।


Author

थप समाचार
x