कोभिड-१९

नेपालमा थपिए पाँच जना कोभिड संक्रमित

इकागज |
माघ १२, २०७९ बिहीबार १८:१३ बजे

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप पाँच जनामा कोरोना भाइरस (काेभिड-१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाबाट पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन । हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ हजार २० पुगेको छ ।


पछिल्लो २४ घण्टामा २३१ पीसीआर परीक्षण गर्दा बिहीबार पाँच जनामा संक्रमण पुष्टि भएको हो । हाल देशभर १४ जना कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।


Author

थप समाचार
x