कोभिड-१९

पछिल्लाे २४ घण्टामा ३ जनामा काेभिड-१९ संक्रमण

इकागज |
माघ १८, २०७९ बुधवार १६:० बजे

काठमाडौं-  पछिल्ला २४ घन्टामा थप तीन जनामा काेभिड-१९ भाइरस संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामा देशभरबाट संकलन गरिएका २ हजार ३५१ नमूना परीक्षण गर्दा तीन जनामा संक्रमण पुष्टि भएको जनाएको छ।


मन्त्रालयका अनुसार पीसीआर विधिबाट ५७४ र एन्टिजेनबाट १ हजार ७७८जनाको परीक्षण गर्दा तीनजनाको नमूनाको रिपोर्ट पोजिटिभ आएको हो।

यो अवधिमा तीन जना संक्रमित निको भएका छन्। हाल सक्रिय कोरोना संक्रमितको संख्या १८ पुगेको छ।


Author

थप समाचार
x