कोभिड-१९

आज देशभर थपिए ४२ जना कोभिड संक्रमित

इकागज |
चैत १६, २०७९ बिहीबार १६:१३ बजे

काठमाडौँ- पछिल्लो २४ घण्टामा देशभर बिहीबार ४२ जना कोभिड-१९ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ सय १५ जनाको परीक्षण गर्दा ४२ जनामा कोभिड संक्रमित देखिएको छ ।

आरटी पीसीआरबाट ३७ र एन्टीजेन्टबाट ५ जनामा संक्रमण देखिएको हो । देशभरका विभिन्न स्थानबाट १७ जना संक्रमणमुक्त भइ डिस्चार्ज भएका छन् ।


देशभर सक्रिय संक्रमित १ सय २३ जना रहेको मन्त्रालयले प्रस्ट पारेको छ । हालसम्म ११ लाख ५३ हजार ६२५ जनामा संक्रमण देखिएको छ । ९ लाख ८९ हजार १८२ जना संक्रमणमुक्त भएका छन् ।

कोभिड संक्रमणका कारण देशभरबाट १२ हजार २० जनाको मृत्यु भइसकेको छ । आज मात्र देशभर ४१ हजार ४०९ जनाले कोभिडविरुद्धको खोप लगाएका छन् । बुधबार देशभर ३४ जनामा कोभिड संक्रमण देखिएको थियो ।

 


Author

थप समाचार
x