कोभिड-१९

काठमाडौँका यी ठाउँमा लगाइनेछ भेरोसेल खोप

इकागज |
बैशाख २८, २०७८ मगलवार १८:३४ बजे

काठमाडौँ : चीनबाट प्राप्त सिनोफार्मको सेरोभेल खोप जेठ २ गते काठमाडौँको ८ वटा स्थानीय तहमा लगाइने भएको छ । दोस्रो चरण अन्तर्गत १८ वर्षदेखि माथि ५९ वर्षसम्मका व्यक्तिलाई लगाउन लागिएको स्वास्थ्य कार्यालय काठमाडौँले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयमा २२ गते बसेको निर्णय र जिल्ला विपत व्यवस्थापन केन्द्र काठमाडौँले २५ गते गरेको निर्णय अनुसार भेरोसेल खोपको दोस्रो मात्रा अभियान सुरु गर्न लागेको हो ।


कार्यालयले जारी गरेको सूचना कोभिड-१९ विरुद्धको खोप अभियान कार्यक्रम सञ्चालन निर्देशिका २०७७ बमोजिम जेठ २ गतेदेखि खोप लगाउने ८ वटा स्थानीय तहलाई आग्रह गरेको छ ।


Author

थप समाचार
x