कोभिड-१९

थप १० जनामा काेभिड-१९ संक्रमण

इकागज |
बैशाख ३१, २०८० आइतबार १६:४८ बजे

काठमाडौँ- पछिल्ला २४ घन्टामा १० जना कोभिड-१९ संक्रमित फेला परेका छन् । जसअनुसार पिसिआर परीक्षणबाट ६ र एन्टीजेन परीक्षणबाट ४ जना गरी १० जना संक्रमित फेला परेका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ जना डिस्चार्ज भएका छन् भने १२० जना सक्रिय कोरोना संक्रमितहरूको उपचार भइरहेको छ ।  


हालसम्म ९ लाख ९१ हजार ७१ जना निको भएर घर फर्किएका छन् भने १२ हजार ३१ जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ । 


Author

थप समाचार
x