कोभिड-१९

चिकित्सकलाई राख्‍ने क्‍वारेन्टाइन भारतीय राजदूतले उद्‌घाटन गर्दै

इकागज |
जेठ ३, २०७८ ७:३१ बजे

काठमाडौँकोभिड संक्रमितका उपचारमा खटिएका चिकित्सकलाई राख्‍न १०० बेडको क्‍वारेन्टाइन सोमबार देखि सञ्‍चालन हुने भएको छ । चिकित्सकहरूको व्यक्तिगत सुरक्षाका निम्ति नेपाल चिकित्स संघ, अग्रवाल सेवा केन्द्र,  हिन्दु सेवक संघ र सेवा इन्टरनेशनलको संयुक्त आयोजनामा कमलपोखरीस्थित अग्रवाल भवनमा सय बेडको क्वारेन्टाइन सञ्चालनमा ल्याउन लागिएको नेपाल चिकित्सक संघले जनाएको छ ।

भारतीय राजदूतले भर्चुअल माध्यमबाट सोमबार बिहान ११ बजे क्वारेन्टाइनको उद्घाटन कार्यक्रम रहेको संघका महासचिव डा. बद्री रिजालले जानकारी दिए ।  क्‍वारेन्टाइन सञ्चालन गर्न संघको तर्फबाट केन्द्रीय सदस्य डा. प्रमोद जोशीको संयोजकत्त्वमा तीन सदस्य समिति बनाइएको उनले बताए ।


ADVERTISEMENT

उनका अनुसार क्वारेन्टाइनमा दिनम चारपटक स्वस्थ्य खाना उपलब्ध गराइन्छ । केही समय पछि अक्सिजन सहितको आइसोलेसन निर्माण, औषधिसहित चिकित्सक टोली राखिने उनले जानकारी दिए ।

 



Author

थप समाचार