कोभिड-१९

अष्ट्रेलियाले नेपाललाई कोभिडविरुद्ध लड्न ६३ करोड रुपैयाँ सहयोग गर्ने

इकागज |
जेठ ७, २०७८ शुक्रबार १५:१० बजे

काठमाडौँ : अष्ट्रेलिया सरकारले नेपाललाई कोभिड-१९ विरुद्धको लडाइँमा साढे ६३ करोड रुपैयाँ बरारको स्वास्‍थ्‍य सामग्री सहयोग गर्ने भएको छ । दक्षिण एसियाली मुलुकसँग आफ्नो सम्बन्ध सुदृढ बनाउँदै गएको अस्ट्रेलियाले नेपाल, बंगलादेश र श्रीलंकालाई यो असहज परिस्थितिमा सहयोग पुर्‍याउने उदेश्यले डेढ अर्बभन्दा बढी रुपैयाँ सहयोग गर्ने भएको हो ।

अस्ट्रेलियाले नेपाललाई महत्व दिएर ती मुलुकको भन्दा बढी सहयोग गरेकाे हुनसक्ने परराष्ट्र अधिकारीले बताए । पछिल्लो समय नेपालमा कोभिड संक्रमितको संख्या बढेकाले स्वास्थ्यकर्मीका लागि स्वास्थ्य सामग्री सहयोग आवश्यक देखेर यो सहयोग गर्न लागेको दूतावासले जनाएको छ । अमेरिका, बेलायत, जापान र संयुक्त राष्ट्र संघ जस्ता एजेन्सी लगायतका अन्य दाताहरूले सहयोग गरिरहेकै समयमा अष्ट्रेलियाले पनि नेपाललाई सहयोग गरेको हो । 


अस्ट्रेलियाले कोभ्याक्स खोप कार्यक्रम अन्तर्गत नेपाललाई खोप पनि उपलब्ध गराउने भएको छ। नेपालका लागि अष्ट्रेलियाली राजदूत फेलसीटी भोलले नेपालका प्रभावित क्षेत्रका समुदायका मानिसलाई सहयोग पुर्‍याउन विभिन्‍न च्यानलमार्फत उक्त सहयोग पुग्‍ने र त्यस समुदायमा काम पनि भइरहेको बताइन ।
उनले नेपाली जनता सधै अस्ट्रेलियाली सरकारकाे हृदय र  शिरमा रहने समेत बताएकी छन् । उनले नेपालकाे पछिल्लो अवस्था प्रति  चिन्ता व्यक्त गर्दै आफ्ना विश्वासिला पार्टनर समूह मार्फत उक्त सहयोग उपलब्ध गराउँदै नेपालकाे सबै क्षेत्रमा उपचारको पहुँच पुर्‍याउन योगदान गर्ने समेत उनले बताएकी  दूतावासकाे विज्ञप्तिमा उल्लेख छ । 


Author

थप समाचार
x