कोभिड-१९

प्रदेश-१ मा कोभिड-१९ संक्रमणबाट १७ को मृत्यु

इकागज |
जेठ १७, २०७८ सोमबार २०:४५ बजे

फाइल तस्बिर

विराटनगर : प्रदेश-१ मा पछिल्लो २४ घण्टामा प्रदेशमा कोभिड-१९ संक्रमणका कारण १७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६ महिला र ११ पुरुष छन् । संक्रमणका कारण सबैभन्दा बढी मोरङमा ७, सुनसरीमा ३, झापामा १, धनकुटामा १ र अन्य जिल्ला नखुलेका ५ जनाको मृत्यु भएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

योसँगै प्रदेश १ मा  संक्रमणबाट मृत्यु हुनेको संख्या ८९३ पुगेको छ । अहिलेसम्म मोरङमा २७८, सुनसरीमा ८१ महिला र १४९ पुरुष, झापामा ५७ महिला र १४६ पुरुषको मृत्यु भएको छ । धनकुटामा ७ महिला र ११ पुरुष, भोजपुरमा १ पुरुष, उदयपुरमा ५ महिला र १३ पुरुष, संखुवासभामा ५ पुरुष, तेह्रथुममा २ महिला र ३ पुरुष, इलाममा ३ महिला र १२ पुरुष, पाँचथरमा ३ पुरुष, ताप्लेजुङमा ३ महिला र २ पुरुषको मृत्यु भएको छ । 


मन्त्रालयको तथ्यांक अनुसार हालसम्म ओखलढुंगा, खोटाङ र सोलुखुम्बुमा संक्रमणका कारण कसैको मृत्यु भएको छैन । अहिलेसम्म प्रदेशमा संक्रमितको संख्या ५८ हजार ७९ पुगेको छ । त्यसमध्ये अहिले सक्रिय संक्रमित २० हजार ६२२ छन् । मन्त्रालयका अनुसार ३६ हजार ५६४ जना संक्रमणमुक्त भएका छन् । 

सोमबार प्रदेशमा ९९३ जना संक्रमणमुक्त भए भने ६९७ जना थपिए । आज थपिएका नयाँ संक्रमितमा मोरङमा २५०, झापामा १८०, सुनसरीमा १६३, तेहथुममा २५, खोटाङमा २३, धनकुटामा २१, उदयपुरमा ७, इलाममा ६, भोजपुरमा ३, पाँचथर र संखुवासभामा १-१ र प्रदेश बाहिरका १७ जना रहेको मन्त्रालयले जनाएको छ ।
 


Author

थप समाचार
x