कोभिड-१९

दुई करोडमा नारायणी अस्पतालको कोभिड केन्द्रित भवन बन्दै

इकागज |
असार २४, २०७८ बिहीबार १४:४५ बजे

काठमाडौँ : नारायणी अस्पतालले कोभिड केन्द्रित भवन निर्माणका लागि दुई करोड १६ लाख रुपैयाँमा ठेक्का लागेको छ । वीरगन्जस्थित नारायणी अस्पतालमा ६६ शय्याको कोभिड डेडिकेटेड अस्पताल निर्माणको जिम्मा विनोद शाह-वनशक्ति जेभीले पाएको छ । 

अस्पताल निर्माणका लागि ३ करोड रुपैयाँ बजेट छुट्याइएको थियो । यो कम्पनीले दुई करोड १६ लाख रुपैयाँमा कबोल गरेपछि ठेक्का पाएको हो । तत्काललाई ७० फिट चौडाइ र १ सय १० फिट लम्बाइ भएको अस्पताल भवनको भुइँतला निर्माण अस्पतालले जानकारी दिएको छ । पछि तीनतले भवन निर्माण हुन सक्ने खालको बनाउने तयारी छ । 

कोभिड-१९को पहिलो र दोस्रो लहरमा समेत वीरगन्ज हटस्पट बनेको र यहाँ बारा, रौतहट, सर्लाही र महोत्तरीसम्मका कोभिड बिरामी आउने गरेका छन् । वीरगन्ज उद्योग वाणिज्य संघले अस्पतालमा पीआइसीयु निर्माण गरेको हो । यो कक्षमा ३० शय्याको छ।



Author

थप समाचार
x