माल्दिभ्सका ५० प्रतिशतले पाए कोरोनाको खोप
माले : माल्दिभ्सका कोरोनाभाइरस विरुद्धको खोप लगाउने मिल्ने मध्ये ५० प्रतिशतले खोप लगाएका छन् ।
सरकारी स्वास्थ्य सेवा केन्द्रका प्रवक्ता डा फथिमाथ नाज्ला राफेकले खोप लगाउन योग्य देशको कूल जनसङ्ख्याको आधा जनसङ्ख्या खोपयुक्त भएको जानकारी दिनुभयो । माल्दिभ्समा १८ वर्षभन्दा बढी उमेरका मानिसलाई खोप लगाउन मिल्ने मापदण्ड तय गरिएको अधिकारीहरुले बताएका छन् ।
माल्दिभ्समा गत फेब्रुअरी १ देखि नै कोरोनाभाइरस विरुद्धको खोप लगाउने अभियान शुरू गरिएको हो । अभियानअन्तर्गत माल्दिभ्सका नागरिक, माल्दिभ्सका बासिन्दा, कागजपत्र नभएका कामदार लगायतलाई खोप लगाउने गरिएको छ । माल्दिभ्सको खाद्य तथा औषधि कार्यालयले कोभिसिल्ड, सिनोफार्म, फाइजर, स्पुतनीक भी, मोडर्ना र जोन्सन एण्ड जोन्सन खोप लगाउन अनुमति दिएको छ ।
स्वास्थ्य प्रवद्र्धन निकायले दिएको जानकारीअनुसार माल्दिभ्समा अहिलेसम्म तीन लाख २० हजार ५९ जनालाई कोरोनाभाइरस विरुद्धको पहिलो खोप लगाइएको हो । त्यसैगरी दुई लाख ५१ हजार २३२ जनालाई दुवै खोप लगाइ सकिएको पनि सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।
विश्व बैंकले सन् २०१९ मा सार्वजनिक गरेको विवरणअनुसार माल्दिभ्सको कूल जनसङ्ख्या पाँच लाख ३० हजार ९५३ रहेको छ । (सिन्ह्वा)
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया