इंग्ल्यान्डमा कोभिड प्रतिबन्धहरू खुकुलो पारिने
लण्डन- इङ्ल्यान्डमा सोमबार मध्यरातदेखि कोभिड-१९ सँग सम्बन्धित प्रायः सबै प्रतिबन्ध हटाउने निर्णय भएको सरकारले जानकारी गराएको छ ।
कोभिड-१९ नियन्त्रणका लागि लगाइएका प्रतिबन्ध हटाइएपछि यहाँ अब दूरी कायम गर्न यस पहिला लागू गरिएका सबै कानूनी ब्यवस्थाहरू अब हट्नेछन् ।
सामाजिक दूरी कायम गरी महामारी नियन्त्रणका लागि लगाइएका प्रतिबन्ध हटेपछि यहाँका सार्वजनिक स्थानमा हिडडुल गर्दा वा काम गर्दा मास्क लगाउनु अनिवार्य हुनेछैन । लामो समयदेखि पूर्ण सञ्चालनमा नल्याइएका रात्रिक्लबहरूलाई फेरि खोल्न दिइनेछ साथै सामुहिक जमघटका लागि पहिला तोकिएको सङ्ख्यासम्बन्धी प्रावधान अन्त्य हुनेछन् ।
कोभिड-१९ विरूद्धको खोप अभियानका कारण महामारीलाई केही हदसम्म नियन्त्रणमा ल्याउन सकिएको भएपनि अझै महामारी पूर्ण रोकिएको भने छैन । (एएफपी)
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया