कोभिड-१९

३३६५ जनामा संक्रमण, १६ को मृत्यु

इकागज |
साउन १४, २०७८ बिहीबार १७:२६ बजे

काठमाडौँ – पछिल्लो २४ घण्टामा थप ३ हजार ३६५ जनालाई कोभिड-१९ संक्रमण भएको छ ।  ९,५५५ पीसीआर गर्दा २३३५ तथा ४६८७ एन्टिजेन परिक्षण गर्दा १०३० मा कोभिड संक्रमण देखीएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १६ संक्रमितको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको कुल संख्या ९८०७ पुगेको छ । त्यस्तै, बिहिबार एक हजार ३७३ जना संक्रमित निको भएको मन्त्रालयले जनाएको छ ।


आज काठमाडौँ उपत्यकामा मात्रै ८६० जना संक्रमित थपिएका छन् । काठमाडौँमा ५९७, भक्तपुरमा १०८ र ललितपुरमा १५५ जना संक्रमित थपिएका हुन् । 


Author

थप समाचार
x