कोभिड-१९

कोभिडविरुद्धको खोप अभियानमा अमेरिकाभन्दा यूरोप अगाडि

इकागज |
साउन २०, २०७८ बुधबार ८:३५ बजे

पेरिस- युरोपेली संघ (ईयू) को आधा जनसङ्ख्याले कोभिड-१९ विरूद्धको  खोप लगाईसकेको छ । एएफपीको मङ्गलबारको एक अध्ययन रिपोर्ट अनुसार कोभिड-१९ विरूद्धको खोप अभियानमा ईयू संयुक्त राज्य अमेरिकाभन्दा अगाडि रहेको पाइएको छ । 

ईयूका २७ सदस्य राष्ट्रमा झण्डै २२ करोड ४० लाख व्यक्तिले कोभिड-१९ विरूद्धको खोप लिएका छन् । यसमध्ये स्पेनमा ५८.३ प्रतिशत जनसङ्ख्याले खोप लगाएर ठूला देशका कार्यक्रमलाई अग्रता दिएको छ । त्यसपछि इटाली मा ५४.४ प्रतिशत, फ्रान्स ५२.९ प्रतिशत र जर्मनी ५२.२ प्रतिशतले खोप लगाइसकेका छन् । यस तथ्याङ्कको अर्थ कोभिड-१९ विरुद्धको खोप अभियानमा अहिले अमेरिकाभन्दा पनि अगाडि यूरोप रहेको मान्न सकिन्छ । 


अमेरिकी जनसङ्ख्याको करिब ४९.७ प्रतिशत मानिसहरूलाई खोपको पूर्ण मात्रा लगाइएको छ तर विशेष गरी दक्षिणपश्चिमी र मध्यपश्चिमी यूरोपेली मुलुकहरूमा खोप अभियान सुस्त देखिएको छ । 

सङ्क्रमणको सबैभन्दा बढी प्रभाब देखिएको अमेरिकामा ग्रीष्म ऋतुमा देखिएको सङ्क्रमणको स्तर अझै धेरै छ ।  सोमबार ७० प्रतिशत वयस्कहरूलाई कम्तीमा पनि एक मात्रा खोप लगाउने राष्ट्रपति जो बाइडेनको एक महिना पहिला पूरा हुनुपर्ने लक्ष्यमा पुग्न अमेरिकालाई निकै कठिनाई भएको छ । अमेरिकीहरूमा खोपको विश्वसनियतामाथिको प्रश्नले गर्दा अमेरिकामा खोप अभियान अपेक्षा गरेभन्दा ढिलो भएको बाइडेन प्रशासनको तर्क रहेको छ । अमेरिकामा कोभिड सङ्क्रमणका पछिल्ला लहरले गर्दा यो ग्रीष्म ऋतुमा पनि अस्पतालहरूमा कोभिड-१९ सङ्क्रमण उपचारका लागि पुग्ने विरामीको सङ्ख्या उच्च रहेको पाइएको एएफपीको एक समूहले सार्वजनिक गरेको पछिल्लो रिपोर्टमा उल्लेख छ ।

खोप लगाउन अमेरिकापछि मात्र सुरू गरेको क्यानडा पनि आफ्नो दक्षिणी छिमेकीभन्दा अगाडि देखिएको छ । क्यानडामा सोमबारसम्ममा ५९ प्रतिशत नागरिकले कोभिड-१९ विरूद्धको खोप लगाइसकेका छन् ।

आधिकारिक स्रोतबाट एएफपीलाई प्राप्त तथ्याङ्क अनुसार यूरोपेलीहरूले आफ्नो जनसङ्ख्याको ५९.३ प्रतिशत अंशलाई पहिलो मात्रा खोप दिएका छन् भने सोमबार सार्बजनिक ताजा तथ्याङ्कमा अमेरिका ५७.८ प्रतिशतसहित यूरापभन्दा पछाडि छ । यूरोपको सानो टापु राष्ट्रले यूरोपेली संघका अन्य राष्ट्रमा भन्दा धेरै खोप लगाएको देखिएको छ । यहाँका तीन चौथाइ मानिसहरूले पूर्ण खोप लगाएका छन् र त्यसपछि बेल्जियममा ५८.९ प्रतिशतले पूर्ण खोप लगाएका छन् ।  

यूरोपेली संघको सूचीमा बुल्गेरियामा १४.५ प्रतिशत र रोमानियामा जनसङ्ख्याको एक चौथाई मानिसहरूले पूर्ण खोप लगाएका छन् । (एएफपी) 


Author

थप समाचार
x