कोभिड-१९

प्रदेश-१ मा ९२२ सङ्क्रमित थपिए

इकागज |
साउन २०, २०७८ बुधबार २०:१६ बजे

विराटनगर - पछिल्लो २४ घण्टामा  प्रदेश नं १ मा ९२२ जनामा कोभिड-१९ सङ्क्रमण भएको छ । सो अवधिमा एक हजार ५६६ को पिसिआर परीक्षण गर्दा ४८५ र एक हजार ६७३ जनाको एन्टिजेन परीक्षण गर्दा ४३७ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पिसिआर परीक्षणका आधारमा झापामा २१५, मोरङमा १३५ मध्ये विराटनगरमा ४१, सुनसरीमा ९९, धनकुटामा १९, उदयपुरमा छ, पाँचथर र सङ्खुवासभामा दुई/दुई, इलाम र खोटाङमा एकएक र प्रदेश बाहिरका पाँच जनामा सङ्क्रमण देखिएको छ । 


सोही अवधिमा प्रदेशमा आज ३६५ जना कोभिड सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा १६६ महिला र १९९ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोभिड सङ्क्रमणबाट सात जना महिलासहित १२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । (रासस)
 


Author

थप समाचार
x