परीक्षा स्थगन गर्न सिफारिश
काठमाडौँ – स्वास्थ्य तथा जनसंंख्या मन्त्रालयले शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएससी)लाई निकट भविष्यमा सञ्चालन हुन लागेका परीक्षा स्थगित गर्न सिफारिश गरेको छ ।
सीसीएमसीको बैठक शनिबार बस्दैछ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले कोभिड–१९ को संक्रमण बढीरहेकाले ४ लाख विद्यार्थीको जीवन रक्षालाई दृष्टिगत गर्दै हाललाई परीक्षा स्थगित गर्न सिफारिश गरिएको भन्दै यसको पुष्टी गरेका छन् ।
कोभिड–१९ संक्रमण फैलदैं गएको विद्यमान परिस्थितिमा ४ लाख विद्यार्थीको जीवनरक्षाप्रति हामी अत्यन्त संवेदनशील छौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निकट भविष्यमा हुन लागेका सबै परीक्षा स्थगन गर्न शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई सिफारिश गरेको जानकारी गराउँछु।
— Umesh Shrestha (@MohpStateMin) August 6, 2021
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया