थप ३,२१८ जनालाई संक्रमण पुष्टि, १९ जनाको मृत्यु
काठमाडौँ : नेपालमा शनिबार थप ३ हजार २ सय १८ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ८ हजार ८ सय ६६ पिसिआर परिक्षणका क्रममा २ हजार २ सय ३१ जना र ४ हजार ७ सय ७ वटा एन्टीजेन परिक्षणका क्रममा ९ सय ८७ जनामा कोरोना पुष्टि भएको स्वस्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ८० हजार ८०७ पुगेको छ ।
त्यस्तै कोभिडका कारण शनिबार थप १९ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा १० हजार ३८ जनाले कोभिडले ज्यान गुमाएका छन् । त्यस्तै थप १ हजार ७ सय २२ संक्रमित निको हुँदा हालसम्म नेपालमा ६ लाख ६७ हजार २ सय ७० जना कोभिडमुक्त भएका छन् । हाल नेपालमा ३५ हजार ४३२ सक्रिय संक्रमित आइशोलेन र ४४३ जना क्वारेन्टाइनमा छन् ।
त्यस्तै हालसम्म ३६ लाख ७४ हजार ७०१ वटा पिसिआर र ३ लाख ५४ हजार २५० वटा एन्टीजेन परिक्षण गरिएको छ । त्यस्तै हालसम्म नेपालमा २३ लाख ५९ हजार ७९३ जनाले कोभिड १९ विरुद्धको पूर्ण मात्राको खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया