इरानका नयाँ राष्ट्रपतिद्वारा प्रस्तावित मन्त्रीहरूको नाम संसद्मा पेस
तेहरान- इरानका नवनिर्वाचित राष्ट्रपति इब्राहिम रायसीले आफूले मन्त्रीमा नियुक्त गर्न लागेका व्यक्तिहरूको नामावली संसद्मा पेस गरेका छन् ।
राष्ट्रपतिले मन्त्री बनाउन चाहेको प्रस्ताव नामावलीसहित संसद्मा पेस गरी पारित गर्नुपर्ने भएकाले उहाँले नामावलीसहितको प्रस्ताव बुधबार संसद्मा पेस गरेका हुन् ।
उनले होसेन अमिर अब्दुल्लाहिनलाई देशको विदेश मन्त्री बनाउन प्रस्ताव गरेका छन् । उनी यसअघि उपविदेश मन्त्री भएका थिए । त्यति बेला उनले अफ्रिकी मुलुक र अरबी मुलुकहरू तर्फ बढी केन्द्रित भएका थिए ।
त्यसैगरी जाभाद ओजीलाई राष्ट्रपति रायसीले पेट्रोलियम मन्त्री नियुक्त गर्न चाहेको प्रस्ताव संसद्समक्ष पेस गरेका छन् । उनी यसअघि इरानको राष्ट्रिय ग्यास उद्योगको प्रमुख भएका थिए ।
संसद्मा प्रस्तावित मन्त्रीहरूको बारेमा जानकारी गराइने र त्यसमाथि छलफल भई मतदान मार्फत पारित गरिने अधिकारीहरूले जनाएका छन् ।
नयाँ राष्ट्रपतिका रूपमा रायसीले भने यही अगस्त ५ तारिखका दिन संसद्समक्ष शपथ ग्रहण गर्दै जिम्मेबारी सम्हालेका हुन् । (सिन्ह्वा)
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया