चीनका ७७ करोड ७० लाखलाई कोरोना खोपको पूरा मात्रा
बेइजिङ- चीनमा बिहीबारसम्म ७७ करोड ७० लाख व्यक्तिलाई कोरोना भाइरसविरुद्धको खोपको पुर्ण मात्रा लगाइएको छ ।
एउटा मात्रै खोप लगाएकाहरुको सङ्ख्या अझै धेरै भए पनि दुवै खोप लगाएर खोपको मात्रा पूरा गरेकाहरुको सङ्ख्या ७७ करोड ७० लाख पुगेको स्वास्थ्य अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् ।
हालसम्म चीनमा एक अर्ब ८३ करोड डोज खोप लगाइएको राष्ट्रिय स्वास्थ्य निकायका प्रवक्ता मी फेङले एक पत्रकार सम्मेलनमा बताउनु भएको छ ।
चीनको हुबे प्रान्तको वुहान शहरबाट सुरु भएको यस कोरोना भाइरसको महामारी न्यूनीकरणका लागि अहिलेसम्म खोप नै एक मात्र उपाय मानिएको छ । महामारी न्यूनीकरणका लागि खोपको प्रयोग पनि सबैभन्दा बढी चीनमा नै भएको छ । (सिन्ह्वा)
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया