कोभिड-१९

थप २ हजार २१२ जनामा संक्रमण पुष्टि, ३३ जनाको मृत्यु

इकागज |
साउन ३१, २०७८ आइतबार १७:८ बजे

फाइल फोटो

काठमाडौँ - नेपालमा थप २ हजार २१२ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ । पछिल्लो चौबिस घण्टामा ८ हजार ८८ पीसीआर परीक्षण गर्दा १ हजार ७९३ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै ४ हजार १८ जनाको एन्टिजेन परीक्षण गर्दा ४१९ जनामा गरी कूल २ हजार २१२ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोभिडले ३३ जनाको मृत्यु भएको छ । यस्तै १ हजार ८ सय ६७ जना संक्रमणमुक्त भएका छन् । 



Author

थप समाचार
x