घट्न थाल्यो खोप लगाउनेको दर
पहिले दिनकै साढे तीन लाख, अहिले एक सातामा ४ लाख ७८ हजार
काठमाडौँ– कोभिड–१९ विरुद्धको खोप लगाउने दर यो साता उल्लेख्य घटेको छ । यो साता साउन ३१ देखि भदौ ४ सम्म जम्मा ४ लाख ७८ हजार चार जनाले मात्र खोप लगाएका छन् ।
अघिल्ला साताहरूमा उल्लेख्य खोप वितरण भएको थियो । अघिल्लो साता शुक्रबार एकै दिन तीन लाख ६७ हजार तीन सय ४१ ले कोभिड–१९ विरुद्धको खोप लगाएका थिए ।
प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले देउवा प्रधानमन्त्री भएयता पाँच सातामा ४८ लाख ११ हजार ७ सय ३३ जनाले कोरोना विरुद्धको खोप लगाएको जनाएको छ । यद्यपि यो संख्या एक महिना (३० दिनमै) ४३ लाख ३३ हजार ७ सय २९ पुगिसकेको थियो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया