सेती अस्पतालमा संक्रमितको मृत्यु, पाँच जना आइसीयूमा
फाइल फोटो
कैलाली - सेती प्रादेशिक अस्पतालमा उपचाररत कोभिड–१९ संक्रमित एक पुरुषको मंगलबार मृत्यु भएको छ । अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका–२ का ९३ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ ।
अस्पतालका सूचना अधिकारी दीलिप श्रेष्ठले साउन ६ गतेदेखि भेन्टिलेटरमा उपचाररत पुरुषको मृत्यु भएको जानकारी दिए । उनले अस्पतालमा १० जना संक्रमितको उपचार भइरहेको बताउदै पाँचजनाको आईसीयू र पाँचजनाको जनरल वार्डमा उपचार भैरहेको बताए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया