कोभिड-१९

प्रदेश-१ मा बुधबार ६११ मासंक्रमण, ११ को मृत्यु

इकागज |
भदौ ९, २०७८ बुधबार १८:७ बजे

विराटनगर- प्रदेश( १ मा पछिल्लो २४ घण्टामा ६११ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । ५ महिला र ६ पुरुष उपचारका क्रममा प्रदेशका विभिन्न अस्पतालमा ज्यान गुमाएका छन् ।

एक हजार ३५५ जनाको पीसीआर परीक्षण गर्दा ३३८ र एक हजार ७४ जनाको एन्टिजेन परीक्षण गर्दा २७३ जनाको रिपोर्ट पोजेटिभ आएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । बुधबार मोरङमा ११३, सुनसरीमा १०८, झापामा ८६, धनकुटामा १४, इलाममा ५, उदयपुरमा ४, संखुवासभामा ३, भोजपुर र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण पुष्टि भएको छ ।


मोरङको विराटनगरमा ४८, बेलबारीमा २४, सुन्दरहरैचामा १७, बुढीगंगा र उर्लाबारीमा ५-५, कटहरी र मिक्लाजुङमा ३-३, लेटाङ, ग्रामथान र पथरी शनिश्चरेमा २-२, कानेपोखरी र  केराबारीमा १-१, सुनसरीको इटहरीमा ७५, धरानमा १८, रामधुनीमा ५, बराहक्षेत्र र स्थानीय तह नखुलेका ४-४, इनरुवामा २ जना संक्रमित थपिएका हुन् । 

त्यसैगरी झापाको दमकमाम ५९, भद्रपुरमा ८, विर्तामोडमा ७, हल्दिबारी र कमल गाउँपालिकामा ३-३, गौरादह र मेचीनगरमा २-२, अर्जुनधारा र झापा गाउँपालिकामा १-१, धनकुटाको धनकुटा नगरपालिकामा ७, महालक्ष्मी, पाख्रीबास र स्थानीय तह नखुलेका २-२, चौवीसेमा १, इलामको इलाम नगरपालिका, माई, चुलाचुली, मांसेबुङ र स्थानीय तह नखुलेका १-१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
 
उदयपुरको कटारीमा ३, उदयपुरगढीमा १, संखुवासभाको खाँदबारीमा ३, भोजपुरको भोजपुर नगरपालिका र खोटाङको खोटेहाङमा १-१ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको छ । प्रदेश १ मा बुधबार २६० महिला र २९४ पुरुष गरी थप ५५४ जनाले कोभिड १९ को संक्रमण परास्त गरेका छन् । 


Author

थप समाचार
x