परीक्षार्थीहरूलाई खोपको व्यवस्था गर्न शिक्षा समितिको निर्देशन
काठमाडौँ – प्रतिनिधि सभाअन्र्तगतको शिक्षा तथा स्वास्थ्य समितिले कक्षा १२ का परीक्षार्थीहरूलाई तुरुन्त खोपको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ ।समितिको बिहीबार बसेको बैठकले कक्षा १२ को परीक्षार्थीका लागि कोभिड १९ विरुद्धको खोपको तुरुन्त व्यवस्थापन गरी परीक्षा दिने वातावरण मिलाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको हो ।
‘शिक्षा मन्त्रालयलाई तुरुन्तै व्यवस्था गरेर अगाडि बढ्न हामीले भनिसक्यौं,’ समिति सभापति जयपुरी घर्तीको निर्देशन छ, ‘स्वास्थ्य मन्त्रालयले गर्ने कामचाहिँ खोपको व्यवस्थापन कति दिनभित्र गर्न सक्नुहुन्छ त्यो व्यवस्था गरेर तुरुन्तै परीक्षाका लागि वातावरण बनाइदिनुप¥यो ।’
बैठकमा बोल्दै स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले जापान सरकारले दिएको खोप स्टक रहेको बताउँदै सोही खोप कक्षा १२ का परीक्षार्थीहरूलाई उपलब्ध गराउन सुरु गरिसकेको जानकारी दिए । चाँडै नै देशभरका कक्षा १२ का परीक्षार्थीले खोप लगाउन पाउने उनको भनाइ छ । ‘जापान सरकारले दिएको १६ लाख खोप नेपाल आइसकेको छ । जेष्ठ नागरिकलाई दिइसकेपछि ५÷७ लाख डोज बाँकी रहेको छ, उक्त खोप १२ कक्षाका विद्यार्थीलाई देशभर उपलब्ध गराउने भनेर अहिले सुरु भएको छ,’ उनले भने ।
हुम्ला, जुम्ला, मुगु, मुस्ताङ, मनाङजस्ता जनसंख्या कम भएका ग्रामीण भेगमा र काठमाडौं उपत्यका, झापा, मोरङ, सुनसरी, प्रदेश नम्बर २ लगायतका जनसंख्या बढी भएका स्थानहरूमा खोपको प्राथमिकतामा राखिएको उनले बताए । यस्तै पोखरा, भैरहवा, लुम्बिनी र चितवनजस्ता पर्यटकीय गन्तव्यमा पनि खोपलाई प्राथमिकता दिइएको उनको भनाइ छ । हालसम्म १ करोड ३२ लाख खोप आएको र ९० लाख जनताले खोप पाइसकेको उनले बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया