कोभिड-१९

१८५७ जनामा संक्रमण, २७ जनाको मृत्यु

इकागज |
भदौ १२, २०७८ शनिबार १७:७ बजे

काठमाडौं - पछिल्लो २४ घण्टामा थप १८५७ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ९४०९ पीसीआर परीक्षणमा १५१६ जना र ३७६७ एन्टिजेन परीक्षणमा ३४१ जना गरी १८५७ जनामा संक्रमण पुष्टि भएको जनाएको छ । 

पछिल्लो २४ घण्टामा संक्रमणबाट २७ जनाको मृत्यु भएको छ भने दुई हजार दुई सय २२ जना संक्रमणमुक्त भएका छन् । 


देशभर सक्रिय संक्रमित संख्या ३६ हजार ८६६ रहेको छ । जसमध्ये ३३ हजार ८३५ जना होम आइसोलेसनमा र ३०३१ जना संस्थागत आइसोलेसनमा रहेका मन्त्रालयले जनाएको छ ।


Author

थप समाचार
x