कोभिड-१९

६८.६% मा कोभिड–१९ एन्टीबडी देखियो

इकागज |
भदौ १३, २०७८ आइतबार १८:२६ बजे

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको दोस्रो सेरोप्रिभ्यालेन्स सर्वेक्षणमा ६८.६ प्रतिशत नमुनामा कोभिड१९ एन्टीबडी देखिएको छ । मन्त्रालयले देशभरीका ६ महिनाभन्दा बढी उमेरका देशका सबै भूगोल, लिंग र उमेर समूहलाई समेटेर  १३ हजार एक सय ६१ जनाबाट संकलन गरेका नमुना परीक्षणका आधारमा यो नतिजा निकालिएको जनाएको छ । 

सर्वेक्षण अन्तर्गत असार र साउनमा नमुना संकलन गरिएको थियो । सर्वेक्षण अनुसार एक मात्रा मात्र खोप लगाएका व्यक्तिहरू ८० प्रतिशतमा र पूर्णमात्रा खोप लगाएका ९० प्रतिशतमा एन्टीबडी देखिएको छ । 


भाइरसले आफ्नो रूप परिवर्तन गरिरहने जोखिम कायमै रहेकाले संक्रमणको रोकथाम, नियन्त्रण गर्नु  प्रभावकारी उपाय भएको भन्दै मन्त्रालयले कोभिड–१९ विरुद्ध पालना गर्नुपर्ने स्वास्थ्य सुरक्षा मापदण्ड पालना नै कोभिड–१९ नियन्त्रणका लागि प्रभावकारी उपाय भएको बताएको छ । खोप लगाइसकेकाहरूलाई पनि स्वास्थ्य सुरक्षा मापदण्डहरू– मास्क लगाउने, भीडभाड नगर्ने, भौतिक दूरी कायम गर्ने र समय–समयमा साबुनपानी वा सेनिटाइजरले हात सफा गर्न सुझाइएको छ । 
 


Author

थप समाचार
x