'कोरोनाले दिगो विकासका लक्ष्य हासिल गर्न कठिन'
काठमाडौँ- विज्ञहरूले विश्वमै कोरोना महमारीले स्वास्थ्य क्षेत्रमा पारेको प्रभावका कारण दिगो विकासका लक्ष्य हासिल गर्न कठिन हुने बताएका छन् । साथै उनीहरूले दिगो विकास लक्ष्य हासिल गर्न योजनाको कार्यान्वयनमा जोड दिएका छन् ।
सिंहदरबारमा बुधबार बसेको राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिले गरेको छलफलमा प्राध्यापक डाक्टर श्याम प्रसाद लोहनीले कोरोनाका कारण विश्वव्यापी अर्थव्यवस्थालाई अस्थिर बनाइरहेको र नेपालमा पनि त्यसको असर परेको बताए । महामारी भन्दै पहिले लाखौँ मानिसहरूको स्वास्थ्य सुधारमा ठूलो प्रगति भएको भएपनि अहिले स्वास्थ्यमा नै लाखौ खर्च गर्नुपरेको उनको भनाई छ ।
दिगो विकास लक्ष्यमा उल्लेख स्वास्थ्यसम्बन्धी व्यवस्थालाई नै कोरोनाले प्रभाव पारेको लोहनीले बताए । कोरोनाका कारण गरिएको बन्दाबन्दीले व्यक्तिको जनजिवनमा नै असर पारिरहेकाले पनि उत्पादनमुलक काममा प्रभाव परेको उहाले बताउनुभयो । उहाले अव पनि कोरोना निर्मुल हुने कुनै संकेत नदेखिएकाले यसले भविष्यमा पर्ने प्रभावका बारेमा यकिन भन्न नसिकने बताए ।
त्यस्तै काठमाडौं विश्वबिद्यालयका प्राध्यापक अच्युत वाग्लले दिगो विकास लक्ष्य हासिल गर्न बनाइएको अवधारणको कार्यान्वयन अपरिहार्य हुने बताए । उनले अवधारणागत प्रष्टता र त्यहि अनुरुपको लिगो विकासको दीर्घकालिन मार्गचित्र हुनुपर्ने धारणा राखे ।
त्यस्तै वाग्लले अर्थतन्त्रका मुलभुत समस्याहरूको सम्बोधन गर्नुपर्ने, दीगो विकास लक्ष्य र संविधानका अनूसुचि अनूरुपको जिम्मेवारी दिनुपर्ने सुझाव पनि समितिलाई दिए । समितिले महामारी र दिगो विकास लक्ष्य राष्ट्रिय आवश्यकता र योजनाको कार्यान्वयनबारे विज्ञहरूसँग छलफल गरेको हो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया