एक करोडभन्दा धेरै कोभिड–१९ खोप वितरण गरेकोमा डब्लुएचओको बधाई
काठमाडौँ- नेपालले एक करोड ९२ लाख जनसंख्यालाई कोभिड–१९ विरुद्धको खोप वितरण गरेको भन्दै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बधाई दिएको छ । डब्लुएचओको दक्षिण पूर्वी एसिया क्षेत्रीय निर्देशक डा. पुनम खेत्रपाल सिंहले यो उपलब्धिका लागि बधाई दिएकी हुन् ।
उनले छोटो समयमा १ करोडभन्दा धेरै खोप वितरण गरिसकेको र १५ प्रतिशतलाई पूर्ण मात्रा खोप प्रदान गरिसकेको भनेर बधाई दिएकी हुन् ।
Congratulations #Nepal 🇳🇵 for administering 🔟 million doses of #COVID19 vaccine 💉 and fully vaccinating 1⃣5⃣% population in a short time. pic.twitter.com/tin04mDLov
— WHO South-East Asia (@WHOSEARO) September 1, 2021
नेपालमा बिहीबारसम्म एक डोज लगाएर दोस्रो डोजको प्रतीक्षामा रहेकाहरूको संख्या ५४ लाख २४ हजार ८ सय ३६ छ । त्यस्तै, पूर्ण मात्रा खोप ४६ लाख ६७ हजार तीन सय २८ अर्थात् लक्षित जनसंख्याको १५.४ प्रतिशतले खोप लगाएका छन् ।
नेपालले १८ वर्षमाथिका २ करोड १७ लाख ५६ हजार ७ सय ६३ जना अर्थात् ७१.६ प्रतिशतलाई खोप दिने योजना छ । किशोर किशोरीहरूका लागि मोडेर्ना र फाइजरका ६० लाख खोप ल्याउनेगरी सरकारले सम्झौता गरेको छ । यो खोप गाभी–ग्लोबल भ्याक्सिन अलायन्ससँग लागत सहभागितामा ल्याउन लागिएको हो । लागत सहभागितामा खोप ल्याउन लागेको दक्षिण एसियामा नेपाल पहिलो देश हो ।
Thank you for your kind words & generous support in response to the Multifaceted COVID-19 Crisis. https://t.co/a7evbU4jwX
— Umesh Shrestha (@MohpStateMin) September 1, 2021
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया