बिहीबार थप २००४ जनामा संक्रमण पुष्टि, १६ जनाको मृत्यु
फाइल फोटो
काठमाडौँ : नेपालमा बिहीबार थप दुई हजार चार जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १० हजार ६ सय ५८ पिसिआर परिक्षणका क्रममा १ हजार ६ सय १९ जना र ३ हजार ९ सय ९२ एन्टीजेन परिक्षणका क्रममा ३८५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ४८ हजार २०८ पुगेको छ ।
त्यस्तै कोभिडका कारण थप १६ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म कोभिडका कारण १० हजार ७८६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । त्यस्तै थप १ हजार ८ सय ४६ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ७ लाख २१ हजार १ सय ८२ संक्रमित कोभिडमुक्त भएका छन् ।
हाल नेपालमा ३३ हजार ९ सय ४६ सक्रिय संक्रमित आइशोलेशन र ३०२ जना क्वारेन्टाइनमा छन् । हालसम्म ३९ लाख ३६ हजार ४ सय १६ वटा पिसिआर र ४ लाख ७७ हजार २ सय ६० वटा एन्टीजेन परिक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया